ब्रिटेन्स गट ट्यालेन्टमा भीमले सण्डे मर्निङ लभ यू गाउँदा मच्चियो तहल्का

काठमाडौं । सण्डे मर्निङ लभ यूका गायक भीम निरौलाले ब्रिटेनको प्रख्यात रियालीटी शो ब्रिटेन्स गट ट्यालेन्टमा सण्डे मर्निङ लभ यू गाएर तहल्का मच्चाएका छन् ।
ब्रिटेनकै सर्वाधिक रुचाइएको शोमा उनले पाँच वर्ष अघि गाएको सण्डे मर्निङ लभ यू बोलको मेलोडी पस्कँदा रियालीटी शोका निर्णायक मात्र हैन उपस्थित सम्पूर्ण दर्शकले साथ दिएका थिए ।

कार्यक्रममा साइमनले भीम निरौलालाई रिजेक्ट गर्दा अर्का तीन निर्णायकहरुले अर्को राउण्डका लागि बोलाएका छन् । भीमले स्टेजमा गीत गाउँदा अन्य तीन जना निर्णायकहरुले समेत साथ दिएका थिए ।


उनको गीतको शैली तथा सरल शब्द र मेलोडी म्युजिकलाई उपस्थित सम्पूर्ण दर्शकले मन पराएका थिए । उनले स्टेजमा गीत गाउँदै गर्दा दर्शकहरुले उत्साह पूर्वक साथ दिएको देख्न सकिन्छ ।

पाँच वर्षअघि नेपालमा यही गीतको म्युजिक भिडियो रिलिज गर्दा चर्चामा आएका भीम ब्रिटेनमा बसोबास गर्दछन् ।
उनी अर्को राउण्डका लागि छानिएका छन् ।
हेर्नुहोस उनको प्रस्तुति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *