भरतपुर अस्पतालमा १० वेडको आईसीयू सञ्चालन गरिने

चैत १३ गते । कोभिड १९ का संक्रमित बिरामीहरुलाई व्यवस्थापन तथा उपचारका लागि चितवनको भरतपुर अस्पतालमा १० वेडको आईसियू सञ्चालन गरिने भएको छ । 

हाल सञ्चालनमा रहेको न्युरो वार्डलाई आवश्यक उपकरणहरु थप गरि आईसीयू बनाउन लागिएको हो । 

भरतपुर अस्पतालमा गठन गरिएको नोवेल कोरोना संक्रमण तथा व्यवस्थापनका लागि पूर्वाधार तयारी उपसमितिको विहीबार बसेको बैठकले आइसीयू सञ्चालन गर्ने निर्णय गरेको भरतपुर अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिए । 

उपसमितिका संयोजक डाक्टर प्रकाश खतिवडाको अध्यक्षतामा बसेको बैठकले संक्रमितका लागि सञ्चालनमा ल्याउने आईसीयूमा भेन्टिलेटर अभाव हुने देखिएकाले १० वटा भेन्टिलेटर र पर्याप्त मात्रामा पुग्ने पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट माग गर्ने निर्णय समेत गरेको छ । 

साथै हाल सञ्चालनमा रहेको १९ वेडको आईसोलेसन वार्डलाई सर्जरी वार्डको ५ वटा क्याविनमा रहेका ११ वटा वेड थप गरि ३० वेडको आईसोलेसन वार्ड विस्तार गरिने भएको छ । 

यो विषम परिस्थितीमा स्वास्थ्यकर्मीको मनोवल उच्च पार्न आफ्नो र परिवारको जीवन बीमा रक्षा र जीवन बीमा ग्यारेन्टी गर्न बैठकले अनुरोध समेत गरेको छ । 

बैठकपछि जारी गरिएको विज्ञप्तीमा हालसम्म भरतपुर अस्पतालमा १७ जना शंकास्पद बिरामीको नमुना परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =