कोरोना अपडेटः १८ हजार ९०७ को मृत्यु, ४ लाख बढी संक्रमित, कुन देशमा कति ?

चैत्र १२, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबा ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय ७ पुगेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८२० व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ । 

Image result for corona virus

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८१ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २१८ जना सङ्क्रमित रहेका छन् । चीनबाट बुधबार प्राप्त एक समाचारअनुसार ७३ हजार ६५० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।  

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ६ हजार ८२० जनाको मृत्यु भएको छ । हाल ६९ हजार १७६ जना सङक्रमित रहेका छन् । आठ हजार ३२६ व्यक्ति उपचारपछि घर फर्किएका छन् । 

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण १ हजार ९३४ जनाको मृत्यु भएको छ । हाल २४ हजार ८११ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३७६ जना उपचारपछि घर फर्किएका बताइएको छ । 

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ९९१ जनाको मृत्यु भएको छ । हाल ४२ हजार ५८ जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७९४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । 

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १५९ व्यक्तिको मृत्यु भएको छ । हाल ३२ हजार ९९१ जना सङक्रमित रहेका छन् । यसैबीच ३ हजार ९० उपचारपछि निको भएर घर फर्किएका छन् । 

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ७८२ जनाको मृत्यु भएको छ । हाल ५४ हजार ८६७ जना सङक्रमित भने ३७८ उपचारपछि निको भएर घर फर्किएका छन् । 

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १०० जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार २२ हजार ३०४ सङ्क्रमित रहेका छन् भने ३ हजार २८१ उपचारपछि घर फर्किएका छन् । 

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२६ व्यक्तिको मृत्यु भएको छ ।  नौ हजार १३७ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७३० उपचारपछि निको भएर घर फर्किएका छन् । 

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १२२ व्यक्तिको मृत्यु भएको छ ।  नौ हजार ८७७ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । 

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४२२ व्यक्तिको मृत्यु भएको छ ।  आठ हजार ७७ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।  

नेदरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २७६ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ५६० सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्  

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २८ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार २८३ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 

बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १२२ व्यक्तिको मृत्यु भएको छ ।  चार हजार २५९ सङ्क्रमित भएका छन् । यसैबीच ४६१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 

नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ व्यक्तिको मृत्यु भएको छ । दुई हजार ८६६ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 

त्यस्तै नेपालमा हालसम्म ३ जनामा संक्रमण देखिएकाे छ भने एकजना उपचारपछि निकाे भइसकेका छन् ।  

कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ४६, स्वेडेनमा ४०, पोर्चुगलमा ३३, क्यानाडामा २६ , डेनमार्कमा ३२, मलेसियामा १६, आयरल्याण्डमा ७, पोल्याण्डमा १०, ग्रीसमा २०, इन्डोनेसियामा ५५, फिलिपिन्समा ३५, हङकङमा ४, इराकमा २७, अल्जेरियामा १९ , भारतमा ११, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ७, मेक्सिकोमा ४, इजिप्टमा २०,  पानामामा ६,  अर्जेन्टिनामा ६, लेबनानमा ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा ९, मोरक्कोमा ५, अफगानिस्तानमा १, नाइजेरियामा १, बङ्गलादेशमा ४, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । (रासस/एपी/सिन्ह्वा/एएफपी) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =