आजदेखि मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत ४, काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडि भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :- 

चैत्र ०४गते (मंगलबार) 

null

दिउँसोः देशको पहाडि भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । 

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । 

चैत्र ०५गते (बुधबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफारहनेछ । देशको पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । 

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफारहनेछ । देशको पूर्वी र मध्य पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । 

चैत्र ०६गते (बिहिबार) 

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।देशको पूर्वी र मध्य पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । 

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =