किसानलाई मास्क अनिवार्य, डेरी छिर्दा हात धुनु पर्ने

चैत १६ गते । लकडाउनका कारण अनुकुलता हेरेर दुग्ध संकलन गरिरहेको चितवनको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले किसान र शेयर सदस्यलाई मास्क वितरण गरेको छ ।
स्वास्थ्य सचेतनाका लागि प्रति किसान एक एक वटाका दरले माक्स वितरण गरेको सहकारीका अध्यक्ष कमलराज थपलियाले वताए । दुई दिनमा एक हजार थान मास्क वितरण गरिएको उनले जानकारी दिए ।
यस्तो अवस्थामा प्रत्येक व्यक्तीले माक्स लगाउनु पर्छ, प्रत्येक घण्टा सावुन पानीले हात धुनु पर्छ, अध्यक्ष थपलियाले भने – कोरोनाको सक्रमंणबाट जोगिन सचेतनाका लागि सांकेतिक रुपमा वितरण गरेका हौ ।

सहकारीमा दुध विक्री गर्न आउने किसानहरुलाई अनिवार्य सावुनपानीले हात धोएर मात्रै प्रवेश दिने गरेको छ । हात धुनका लागि गेटमा धारा जडान गरेर सावुन राखिएको छ । माक्स लगाएका, सावुनपानीले हात धोई र एक एक मिटरको दुरीमा राखेर दुध संकलन गरिएको अध्यक्ष थपलियाले बताए । नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक ३ हजार लिटर दुध संकलन गर्दै आएको छ ।








