कोरोना त्रास : झापाका दुई नगरपालिकामा विद्युतीय हाजिर बन्द
२०७६ चैत ३ गते

चैत ३, भद्रपुर । कोभिड-१९ को त्रासका कारण झापाका दुई स्थानीय तहले विद्युतीय हाजिर बन्द गरेका छन् ।
मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचनामार्फत् कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको नगरपालिका मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विद्युतीय हाजिर नगर्न अनुरोध गरेको थियो ।
भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत तुलसी श्रेष्ठका अनुसार धेरैजनाको हातले विद्युतीय हाजिरी प्रयोग गर्दा संक्रमणको सम्भावना बढ्ने भएकाले रजिस्टरमै हाजिर गराउन थालिएको हो ।

२०७६ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








