नेपाल चिकित्सक संघसँगको सहकार्यमा हाम्रो पात्रोको डाक्टर सेवाः ‘भिडियोकल गर्नुस्, परामर्श लिनुस्’

चैत्र १२, काठमाडौं । नेपाल चिकित्सक संघ र ऐनसेलको सहयोगमा हाम्रो पात्रोले नयाँ सुविधा ल्याएको छ ।  

हाम्रो पात्रोको नयाँ सुविधाअनुसार अब नागरिकले कोरोना भाइरसको आशंका लागेमा घरमै बसेर भिडियोकल मार्फत् चिकित्सकसँग स्वास्थ्य सल्लाह तथा परामर्श लिन सक्नेछन् ।  

यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोकाे ‘Ncell CALL TO डाक्टर’ मा गइ आफ्नो समयानुसार अनलाइनमार्फत् चिकित्सकसँग भिडियोकल गरी परामर्श लिन सकिनेछ ।  

हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा कोरोना जोखिम न्युनिकरणका लागि यो सुविधा ल्याएको व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटाले बताए । अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्शसहित सेवा लिन सकून भन्ने उद्देश्यले ल्याइएको सुविधाको दुरुपयोग तथा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरिदिन उनले आग्रह गरेका छन् ।   

उक्त अभियानमा जोडिन चाहने चिकित्सकले [email protected] मा इमेल गर्न सक्नेछन् । साथै [email protected][email protected] मा पनि इमेल गर्न सकिने छ । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबा ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय ७ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८२० व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ । 

नेपालमा हालसम्म ३ जनामा संक्रमण देखिएको छ भने एकजना उपचारपछि निको भइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *