थरुहट मोर्चाको बन्द : कस्तो छ तराईका जिल्लामा प्रभाव ?

फागुन २०, काठमाडौं । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दका कारण तराईका जनजीवन प्रभावित भएको छ । मोर्चाले आह्वान गरेको दुई दिने बन्दको पहिलो दिन बन्दको प्रभाव परेको छ । 

बन्दका कारण केहि जिल्लामा शैक्षिक सस्था, यातायातका साधनहरु, व्यापार व्यवसाय बन्द रहेका छन् । बन्दको आयोजना गर्ने बन्दकर्ताहरु सडकमा नदेखिए पनि बजार आंशिक मात्रै खुलेका छन् । यातायातको साधानहरु पनि कम चलेका छन् । बजारमा फाटफुट सवारी साधन चले पनि लामो दूरीका सवारी साधनहरु चल्न सकेको छैनन् ।   

दाङमा बन्दको प्रभाव बढी देखिएको छ । जिल्लाका शैक्षिक सस्था, यातायातका साधनहरु, व्यापार व्यवसाय बन्द रहेका छन् । उता कैलाली, कञ्चनपुरमा भने बन्दको आशिंक प्रभाव देखिएको छ । कैलालीका विभिन्न स्थानबाट अन्यत्रका लागि सवारी साधन नछुटेपनि अन्यत्रबाट कैलाली आउने क्रम भने जारी छ ।   

यस्तै धनगढीसहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेको छ । मोर्चाका कैलाली संयोजक माधव थारुले अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको बताए ।   

उनका अनुसार आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने छन् ।  

थारु समुदायलाई सरकारले विभिन्न किसिमको विभेद् गर्दै आएको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराईका जिल्लामा आम हड्तालको घोषणा गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =