कर्मचारीको घुसखाने शैली फेरियो, साढे ३७ लाख रक्सी कम्पनीको खातामा भेटियो

काठमाडौँ । कर्मचारीको घुसखाने शैली फेरिएको छ । घुसवापत लिएको रकम रक्सिी कम्पनीको खातामा फेलापरेपछि घुसखाने शैली फेरिएको पुष्टि भएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ लाख ५० हजार रुपैयाँ घुस लिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेत उपर आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको अनोठौ घूस शैली उजागर भएको हो। 

बस्नेतले झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा लिएको घूस नवलपरासीस्थित श्री डिस्टीलरी प्रालीको खातामा जम्मा गर्न लगाएको अनुसन्धानमा खुलेको छ । 

null

तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको प्रमुख हुँदा झापा जिल्लाको गौरीगंज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य सेवाग्राहीमार्फत गराई पटक–पटक गरी साढे ३७ लाख रुपैयाँ श्री डिस्टीलरी प्रालीको बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । 

आयोगको अनुसन्धानमा श्री डिस्टीलरी प्रालीका अध्यक्ष धनेन्द्र कार्कीले उनलाई सघाएका थिए। कार्की र बस्नेत नातेदार हुन्। 

कार्कीले श्री डिस्टीलरीको बैंक खाता आफै नपठाई अर्को मानिसमार्फत बस्नेतलाई पठाएको देखिएकोले योजनावद्धरुपमा मिलेमतो देखिएपछि आयोगले कार्की विरुद्ध पनि मुद्दा दर्ता गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =