मैले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री ओली
२०७६ चैत ७ गते

चैत्र ७, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।
आज (शुक्रबार) साँझ विशेष सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् । अहिले सिंगो विश्व कोरोनाको संक्रमणबाट गुज्रिरहेको उल्लेख गर्दै उनले नेपालमा भने संक्रमण नदेखिएको बताए ।
संक्रमण नदेखिएपनि सरकार ढुक्कसँग नबसेको र देशमा संक्रमण भित्रिन नदिन सचेतना जगाउनेदेखि संक्रमितको उपचारका लागि विशेष तयारी समेत गरेको उनको भनाइ छ ।

२०७६ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








