‘हल्लाको पछि लागेर चाहिने भन्दा बढी सामान नकिनौं’

फागुन २७, काठमाडौं । नेपालचेम्बर अफ कमर्समा वाणिज्य तथा आपूति सचिव डा. वैकुण्ठ अर्याल तथा स्वास्थ्इ सचिव यादव कोइरालाको प्रमुख आतिथ्यमा कोरोना भाइरस (कोभिड १९) का सन्दर्भमा अन्तक्र्रिया कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा आपूर्ति तथा व्यवस्थाका विद्यमान स्थितिबारे अन्तरक्रियागरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बजारमा औषधि, मास्क, सेनिटाइजर लगायतका सामाग्रीको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले कोरोनाको प्रकोपबाट सुरक्षात्मक उपाय अवलम्बन गर्न समेत सबै पक्षसँग अनुरोध गरेका छन् ।
कार्यक्रममा बजारमा सबै सामग्रीहरु पर्याप्त मात्रामा रहेकोले हल्लाको पछि लागेर आपूmलाई चाहिने भन्दा बढि सामान किनेर राख्नु नहुने बताइएको छ । उपभोक्ताले जति सामान चाहिन्छ, त्यति मात्रै किन्नुपर्ने जानकारी गराइएको छ ।
null
खाद्यन्न, औषधी, चिनी, नुन लगायतका सामाग्रीहरु बजारमा पाँच छ महिनाको लागि पुग्ने छ, ग्यास, पेट्रलियम पदार्थ एक महिनाको लागि पुग्ने तथाआयातमा कुनै किसिमको अवरोध छैन कार्यक्रममा भनिएको छ ।
कार्यक्रममा सरोकारवाला व्यापार व्यवसायिहरुको उपस्थिति रहेको थियो ।








