सामाजिक संजालमा ज्याकलिनको योग भिडियोले तहल्का मच्चायो

चैत्र ७, काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले कोराना भाइरसको कारण दिल्ली, मुम्बई लगायत केही स्थानको जिम स्टेशन समेत बन्द गर्ने आदेश भईरहेको बेला योग गरिरहेकाे केही भिडियो सार्वजनिक गरेकी छिन् ।
जिम बन्द गर्ने आदेशले सर्वसाधारण मात्र होइन बलिउड सेलिब्रेटीमा पनि दुविधा परिरहेको अवस्थामा उनको यस भिडियोले केही भए पनि नियमित एक्सरसाइज गर्ने बानी भएकाहरुलाई राहत मिलेको छ ।
उनले सामाजिक संजाल ईन्स्टाग्राम मार्फत भिडियो सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छन् ‘आफ्नो शरिरलाई स्वस्थ्य राख्नुहोस् । याद गर्नुस् योग गर्दा म्युजिक र डीप ब्रीथ तपाइलाई आवश्यक पर्दछ ।’

उनले भिडियोमा योगका विभिन्न आसन समेत देखाएकी छन् । उनको योगको ब्याकग्राउण्डमा म्युजिक पनि बजि रहेको सन्न सकिन्छ ।
पिंक र ब्लाक कलरको ड्रेसमा योग गर्दै गरेकी ज्याकलिनको यस भिडियोलाई धेरैले मन पाएका छन् । उनकाे यस भिडियो अहिले सामाजिक संजालभरि निकै भाईरल भईरहेको छ ।








