नेपाल घुम्न आएका अमेरिकी नागरिक होटलमा मृत फेला

फाेटाेः गुगल 

चैत्र ४, काठमाडौँ ।   नेपाल घुम्न आएका एक अमेरिकी नागरिक मंगलबार  पोखराको लेकसाइडको एक होटलमा मृत फेला परेका छन् ।   

आज बिहान ९ बजेका समयमा ७० वर्षिय अमेरिकी नागरिक  स्कोनि फिल्ड  पोखरा महानगरपालिका ६ डिहिकोपाटन स्थित भिलेज इन होटलमा मृत फेला परेका हुन् ।   

Image result for मृत फेला

पासपोर्ट नम्बर ५९५६२४७१२ रहेका  फिल्ड एक साता देखि उक्त होटलमा बस्दै आईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।   

उनको मृत्यु के कारणले भयो खुल्न नसकिएको र  उनको शवलाई स्वदेश फिर्ता पठाउने तयारी भइरहेको प्रहरीको प्रहरीले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *