नायिका प्रियंकाको ‘लक्का–जवान’ को प्रदर्शन मिति पनि स्थगित
२०७६ चैत ६ गते

फाेटाेः गुगल
चैत्र ६, काठमाडौँ । चैत्र २१ गते प्रदर्शन मिति तय भएको चलचित्र ‘लक्का–जवान’को प्रदर्शन मिति स्थागित गरिएको छ ।
हाल विश्वभर माहामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण ‘लक्का–जवान’ को प्रदर्शन मिति अनिश्चितकालको लागि स्थागित गरिएको हो ।
शिवहरि पौडेलको डेब्यु निर्देशनमा बनेको यस चलचित्रमा प्रियंका कार्की, दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको भूमिका रहेको छ ।
बगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको ‘लक्का जवान’ मा कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल रहेका छन् । चलचित्रमा ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको छ ।
२०७६ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








