जब धाराबाट पानीको सट्टा वाइन झर्न थाल्याे… (भिडियो सहित)

फागुन २६, काठमाडाैँ ।  भान्सामा भएको धारोबाट पानीको सट्टा वाइन बगेको कसलाई मन नपर्ला र ? धाराबाट पानीको सट्टा वाइन झरिदियोस् भनेर कतिले त सपना पनि देख्नुभएको होला । 

बुधबार उत्तर इटालीको क्यास्टेलभेट्रो गाउँका वासिन्दाहरुका लागि केही घण्टा कै लागि भए पनि यो सपना वास्तविकता बनेको थियो । घरमा भएका हरेक धाराबाट वाइन बगेको थियो । 

स्थानीय वाइन निर्माता कम्पनीमा देखिएको प्राविधिक गडबडीका कारण बोतलमा प्याकिङ गर्न तयार गरिएको १ हजार लिटर वाइन पानीको पाइपलाइनमा पुगको थियो । जहाँबाट त्यो मानिसहरुको घर–घरमा पुगेको थियो । 

क्यास्टेलभेट्रोका उपमेयर जिओर्जिया मेजाक्कुयीका अनुसार यो करिब ३ घण्टासम्म देखिएको थियो भने यसबाट करिब २० घर प्रभावित भएका थिए । स्थानीय सरकारले आफ्नो फेसबुकमा पोष्ट गर्दै यसले मानिसको स्वास्थ्यमा भने कुनै नकारात्मक असर नगर्ने बताएको छ । 

इटालीको उत्तरी भागमा यतिबेला कोरोनाभाइरसको व्यापक संक्रमण देखिएको छ । त्रासका बीच यस घटनाले केही बेर मानिसहरुलाई राहत दिएको मेजाक्कुयी बताउँछिन् । ‘हामीसँग यतिबेला मुस्कुराउने कुरा धेरै छैन, यो घटनाले केही समयका लागि पनि राहत दिएको छ,’ उनले सीएननसँग भनिन् । 

क्यान्टिना सेटेकानी वाइनरीका अनुसार बटलिङ लाइनमा रहेको वासिङ सर्किटको भल्भमा प्राविधिक गडबडी भएपछि यस्तो समस्या देखिएको हो । एजेन्सी 

https://youtu.be/jbk5l0j0-cQ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *