प्रियंकापछि आँचल बिहेको तयारीमा रम्दैँ
२०७६ फागुन २५ गते

फागुन २५ , काठमाडौँ । नायिका प्रियंका कार्कीपछी अर्की नायिका आँचल शर्मा आफ्नो बिहेको तयारीमा रम्दैँ छिन् ।
फागनुको १२ गते प्रेमी डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी नायिका आँचल को यही फागुन २९ बिवाह हुँदैछ । उनी अहिले आफ्नो बिहेको तयारीमा निकै व्यस्त रहेकी छिन् ।
नायिका आँचलले प्रेमी डा. श्रेष्ठसँगको करिब डेढ वर्ष सम्मको आफ्नो प्रेम सम्बन्धलाई बल्ल बिवाहको नाम दिन लागेकी हुन् ।

केही सयम अघिमात्र साथीहरुलाई ब्याचलर पार्टी दिइएकी नायिका आँचलको आइतबार साँझ संगीतको कार्यक्रम रहेको छ । आफ्नो बिवाहलाई लिएर निकै उत्साहित बनेकी आँचल भन्छिन्, ‘संगीत साँझ आज नै हो । हाम्रो तयारी सकिसकेको छ । तयारी राम्रै भएको छ जस्तो लाग्छ ।’
२०७६ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








