बलिउडका यी सुन्दर ८ अभिनेत्री जो अत्याधिक गोरी छन्

चैत्र ७, काठमाडौँ । भारतीय सिनेमा जगतमा थुप्रै सुन्दर अभिनेत्रीहरु छन्, र साथै च्याउ उम्रे सरी नयाँ सुन्दर अभिनेत्रीहरु पनि दिनानुदिन भित्रिंदै छन् । त्यहाँ केही अभिनेत्री प्राकृतिक रुपमै अत्यन्तै सुन्दर छन्, जसलाई सर्जरीको कुनै आवश्यकता परेन र उनीहरुले कुनै सर्जरी पनि गराएनन्।  

त्यस्तै, केही अभिनेत्रीहरु यस्ता पनि छन् जसले आफ्नो पहिलेको सुन्दरतामा निखारता ल्याई अझ सुन्दर देखिनको लागि सर्जरीको मद्दत लिए । तपाईले बलिउडका थुप्रै अभिनेत्रीहरुले प्लास्टिक सर्जरी गरेको समाचार सुन्नुभएको होला। गोरो र सुन्दर हुनु हरेकका ईच्छा हुन्छन्। कहिलेकाहीँ आफ्नो रङ कालो भएकै कारण मानिसहरुका आत्मविश्वास कम हुन्छ।  

बलिउड चलचित्र उद्योगमा थुप्रै अभिनेत्रीहरु जस्तै काजोल, शिल्पा शेट्टी, प्रियंका चोपडा लगायतका अभिनेत्रीहरुले फेयर कम्प्लेक्सनको लागि स्किन लाइटनिङ ट्रिटमेन्टको सहारा लिईसकेका छन्। त्यस्तै केही अभिनेत्री यस्ता पनि छन् जो पहिले देखि नै निकै गोरो थिए। उनीहरु यतिसम्म गोरी र सुन्दर छन् कि सुन्दर देखिनको लागि मेकअपको कुनै आवश्यकता पर्दैन।  

कमै युवतीहरुका मात्र त्वचा गोरो, सफा र चम्किलो हुन्छ। आज यस पोस्टमा हामी तपाईलाई बलिउडका ती अभिनेत्रीहरुका बारेमा अवगत गराउँदै जो बलिउडका सबैभन्दा गोरी अभिनेत्रीहरुका गन्तीमा पर्छन्। 

 करीना कपूर   

बलिउडकी बेगम करीना कपूरको गन्ती बलिउडको सबैभन्दा गोरी अभिनेत्रीमा हुन्छ। उनको रङ कागज जस्तै सेतो छ र चेहरामा एक पनि दाग धब्बा छैन। 

अनुष्का शर्मा   

अनुष्का शर्मा अहिले बलिउडकी शीर्ष अभिनेत्री बनेकी छिन्। उनी गत वर्षको अन्त्यतिर क्रिकेटका सम्राट विराट कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन्। अनुष्का शर्माको सुन्दरताको चर्चा गर्ने हो भने उनी निकै सुन्दर छिन् र उनको रङ दूध जस्तै बिल्कुल सेतो छ। 

तमन्ना भाटिया 

मुम्बईमा जन्मिएकी अभिनेत्री तमन्ना भाटिया दक्षिण भारतीय चलचित्र उद्योगको नाम कहलिएकी अभिनेत्री हुन्। उनले साउथका थुप्रै फिल्महरुमा अभिनय गरेकी छिन्। तमन्नाले बलिउड फिल्ममा पनि काम गरेकी छिन्। उनी साउथकी सबैभन्दा गोरी अभिनेत्री हुन्। 

मोनिका बेदी  

अन्डरवर्ल्ड डन अबु सलेम र अभिनेत्री मोनिका बेदीको अफेयर लामो समयसम्म चर्चाको केन्द्र बनेको थियो। प्रहरीले गिरफ्तार गरेपछि मोनिका बेदीले पनि अबु सलेमसँगै जेलमा सजाय भोगेकी थिईन्। अहिले उनले आफ्नो सजाय काटेकी छिन् र बलिउडमा पुनरागमन गरेकी छिन्। मोनिका बेदी पनि बलिउडको सबैभन्दा गोरी अभिनेत्रीमा पर्छिन्। 

ज्याकलिन फर्नान्डिज 

अब यस सूचीमा अर्को नाम आउँछ श्रीलङ्काकी सुन्दरी ज्याकलिन फर्नान्डिजको। ज्याकलिन फर्नान्डिज अहिले बलिउडको लोकप्रिय र प्रसिद्ध अभिनेत्री बनेकी छिन्। आफ्नो छोटो फिल्मी करियरमा उनले ठुला(ठुला चर्चित बलिउड सुपरस्टारहरुसँग काम गरिसकेकी छिन्। ज्याकलिन सुन्दर हुनुको साथै उनको नाम बलिउडको सबैभन्दा गोरी अभिनेत्रीहरुका सूचीमा पनि सामेल छ। 

 करिश्मा कपूर 

करिश्मा ९० को दशकको प्रसिद्ध अभिनेत्री हुन्। बहिनी करीना कपूर जस्तै उनकी बहिनी करिश्मा कपूर पनि निकै गोरी छिन्। ४४ वर्षको उमेरमा पनि करिश्मा अत्यन्तै सुन्दर देखिन्छिन्। 

कट्रिना कैफ  

कट्रिना कैफ दुनियाँको सबैभन्दा सुन्दर र प्रसिद्ध अभिनेत्री मध्ये एक हुन्। कट्रिना कैफको सफलता सलमान खानको ठुलो हात छ। सलमान खानले नै उनलाई बलिउडमा ठुलो ब्रेक दिएका थिए। उनी यस समय बलिउडकी सर्वश्रेष्ठ अभिनेत्री मध्ये एक हुन्। कट्रिनाको पनि कम्प्लेक्सन रुवा जस्तै सेतो छ। 

आलिया भट्ट 

आफ्ना हरेक फिल्ममा अभिनयको जादू छर्ने अभिनेत्री आलिया भट्ट अहिले बलिउड इन्डस्ट्रीको नम्बर वान हिरोईन हुन्। उनले ‘हाईवे’, ‘डियर जिन्दगी’, ‘हम्प्टी शर्मा की दुल्हनिया’ जस्ता फिल्ममा उत्कृष्ट अभिनय गरेकी छिन्। गत मे महिनामा रिलिज भएको उनको फिल्म ‘राजी’ बक्स अफिसमा सुपरहिट साबित भएको थियो। आलिया सुन्दर हुनुको साथै उनको पनि रङ दूध जस्तै सेतो छ। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =