भरतपुर कोरोना विशेष अस्पतालमा २८ जनाले सेवा लिए

चैत १२ चितवन। चितवनको भरतपुर स्थित चितवन प्रर्दशनी केन्द्रमा निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा एकै दिन बुधवार २८ जनाले सेवा लिएका छन् । कोभिड १९ को शंका लागेकाहरुले सेवा लिएको चितवन कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले बताए ।
हाल सम्म भने ८२ जनाले यस अस्पतालबाट सेवा लिएको उनले बताए । भरतपुर महानगरपालिकाको सहयोगमा कोरोना विशेष अस्पताल यहीँ चैत ७ गते स्थापना भएको थियो ।
कोभिड १९ को शंका लागेर उनीहरुको स्वाब परीक्षण गरिएकोमा मृतक सन्तोष यादव र एक अर्की महिलाको नेगेटिभ रिपोर्ट आएको छ । पाँच जना आईसोलेसन वार्डमा रहेका छन् ।

फ्रान्सबाट कतार हँुदै आएकी कोरोना संक्रमित एक युवती आएकै जहाजमा आएका चितवनका ६ जना मध्ये ५ जना आईसोलेसनमा भर्ना भएका हुन् ।
हालै कतार एयरवेजबाट आएका सुरेश गुरुङ, वुद्धिराज कोईराला, सन्जु कडेंल कोईराला, शम्भु नेपाली र पार्वती नेपाली आईसोलेसन वार्डमा रहेको अस्पतालका प्रवक्ता डाक्टर अधिकारीले बताए । चितवनकै अर्की एक जना काठमाडौँ रहेको वुझिएको छ ।
भरतपुर कोरोना विशेष अस्पतालले कोभिड १९ को परीक्षण गर्नका लागि अध्ययन समेत गरिरहेको अस्पतालले बुधवार साँझ जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








