चोरी गर्न घरमा छिरेका यी चोर जब सोफामै निदाए…

फागुन २७, भारत । भारतको कर्नाटक राज्यबाट सुन्दन अनौठो लाग्ने समाचार बाहिरिएको छ । दक्षिण कन्नड क्षेत्रमा एक चो’र चो’री गर्नको लागि भन्दै घरमा छिरेका थिए । तर रक्सीले फिटान भएर गएका उनले चोरी नगरी त्यहीँ सुतिरहे जसका कारण घरका मानिसले उनलाई नियन्त्रणमा लिएका छन् । 

त्यहाँको घर पसेको चोर एकदमै रक्सी मनपराउने स्वभावको रैछ । छतको टायर फुटाएर घरमा छिरेको चोरले साँचो खोज्न थाले । टिभी र्याकमा राखिएको चाबि फेला पारेका उनी सोफामा एकछिन पल्टिए । 

चाबी लिएर सोफामा पल्टिएका उनी त्यहीँ निदाए । बिहान घरका मानिस उठ्दा उनी सोफामा सुतिरहेका थिए । त्यसपछि उनलाई घरमालिकले प्रहरीको जिम्मा लगाए । घटनाबारे प्रहरीले अहिले अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढाएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *