यस्ता व्यक्ति कहिल्यै धनी बन्न सक्दैनन्

फाेटाे स्राेतः गुगल 

फागुन २७, काठमाडौं । धनी बन्ने रहर सबै मानिसको हुन्छ । तर अक्सर मान्छेले गरिबी मै आफ्नो जीवन व्यतित गर्छ। मानिस गरिबी हुनुमा विभिन्न कारण हुन्छ र कमजोरीहरु हुन्छन् । आज हामी त्यही कारण र कमजोरीहरु उल्लेख गर्न गइरहेका छौँ ।  

यस्ता मानिसहरु जसले जीवनमा कहिल्यै धन कमाउन सक्दैनन् । 

Image result for धनी बन्न सक्दैनन्

१. सपना देख्ने क्षमता नभएका व्यक्ति: सपना देख्ने क्षमता नभएका व्यक्तिहरु कहिल्यै पनि धनी बन्न सक्दैनन् किनभने उनिहरुसँग जीवनको कुनै लक्ष्य नै हुँदैन । उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ । 

२. समयको महत्व नबुझ्ने मानिस स् समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ । 

त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ । 

३. कमाई अनुसार बचत नगर्ने मानिसः कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । धनी हुनको लागि निश्चिय पनि बचत गर्नुपर्छ । यदी तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न । 

४. समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिस :  समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिसहरु पनि धनि बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छाशक्क्ति हुनु जरुरी हुन्छ । 

५. संकिर्ण सोचाई भएका मानिसहरु स् संकिर्ण र सकिर्ण सोचाइ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् । 

६. भाग्यमा विश्वास गर्ने मानिसः भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । यस्ता मानिसहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् । 

७. ऋण लिने र अस्वस्थ्य व्यक्तिः ऋण लिने मान्छे र अस्वस्थ्य व्यक्ति पनि कहिल्यै धनी बन्न सक्दैनन् । यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् । 

८. मनोबल कमजोर भएका व्यक्तिहरुः आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै जीवन बिताउँछन् । 

९. अरुलाई अपमान गर्ने व्यक्तिहरु : अरुलाई अपमान गर्ने व्यक्तिहरु पनि कहिल्यै धनि बन्न सक्दैनन् । किनकि धनी बन्न र सम्मान पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ । 

१०. स्त्रीलाई अपमान गर्ने मानिस: स्त्री अर्थात नारीहरु शक्ति हुन । लक्ष्मीको रुप हुन् । त्यसैले स्त्री अर्थात नारीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन । 

११. लगनशील भएर कर्म नगर्ने मानिस स् जीवन धेरै संघर्षशिल छ । जसले मेहनत र संघर्ष गर्छ उसले मात्र सफलता हात पार्न सक्छ । त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् । 

१२.  कुलतमा फसेका व्यक्ति स् कुलतमा फसेका व्यक्तिहरुले पनि जीवनमा धन हात पार्न सक्दैनन् । यीनिहरु कहिल्यै धनको सदुपयोग गर्न जान्दैनन् । जतिसुकै कमाउने मानिस किन नहोस् यदि ऊ कुलतमा फसेको छ भने कहिले धनी बन्न सक्दैन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *