एउटा यस्तो समुदाय जहाँ बाबुले नै गर्छन् छोरीसँग बिवाह

चैत्र ५ ।  हामीकहाँ बाबुछोरीको नाता सबैभन्दा पवित्र मानिन्छ । तर बंगलादेशमा एउटा यस्तो आदिवासी समुदाय छ जहाँ बाबुले आफ्नै छोरीसँग शारीरिक सम्बन्ध राख्न पाउँछन् अनि बाबुछोरीको सहवासमा आमाको पनि सहमती र स्विकृति रहन्छ । 

हामीकहाँ ठूलो पाप मानिने यस्तो परम्परा बंगलादेशको मन्डी नामक आदिवासी जनजाति समुदायमा प्रचलनमा छ । यो समुदायमा पुरुषहरुले छोरी जन्मिएसँगै आफ्नै छोरीसँग बिहे गर्ने सपना देख्छन् । अनि छोरीको उमेर पुगेसँगै इच्छा जागेमा आफ्नै छोरीसँग सहवास र बिहे गर्दछन् । 

सदियौंदेखि यो परम्परा चलिआएको छ त्यहाँ । उक्त जनजाति समुदायएकी एक महिला ओरोलाका अनुसार उनी सानैँ छँदा उनका बुवाको मृत्यु भयो । त्यसपछि आमाले अर्कै पुरुषसँग बिहे गरिन् । त्यसयता उनले सौतेलो बाउलाई नै आफ्नो लोग्नेको रुपमा हेर्न बाध्य भइन् । 

प्रचलन अनुसार उक्त समुदायमा यदि कुनैपनि महिलाको पतिको कम उमेरमा मृत्युभएमा ती महिलाले आफ्नो लोग्नेको परिवारका कुनै पुरुष सदस्यसँग दोश्रो बिहे गर्नुपर्दछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *