३ मिटर लामो अजीङ्गरले तौलिया निलेपछि…

फागुन १८, काठमाडौं । अजीङ्गरको मुखबाट तौलिया निकालिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  

उक्त भाइरल भिडियोमा डाक्टरले १८ वर्षको ३ मिटर लामो अजीङ्गरको पेटबाट तौलिया निकालिरहेको देख्न सकिन्छ । भिडियो गत हप्ताको हो । वास्तवमा जंगल कार्पेट अजीङ्गरले तौलिया निलेको थियो । त्यसपछि अजीङ्गरलाई बचाउनका लागि मालिकले अजिंगरलाई सिड्नीको स्मल एनिमल स्पेशलिस्ट अस्पताल लगेका थिए । 

अस्पतालका डाक्टरले पेटबाट तौलिया निकालेर अजीङ्गरलाई त्यसै दिन डिस्चार्ज गरेका छन् । अजीङ्गरको स्थिती ठिक भएको बताइन्छ । 

अस्पतालले यसको भिडियो फेसबुकमा पोस्ट गर्दै लेखेको छ, ‘तौलिया र अजिंगर दुवैले अब अर्को दिन हेर्न सक्ने छन् । अजीङ्गरको पेटको भित्रसम्म तौलिया पुगेको थियो । त्यसलाई बाहिर निकालेर अजीङ्गरको ज्यान बचाइएको थियो ।  

घाँटीबाट तौलिया निकाल्नका लागि एन्डोस्कोपीको मद्दतले ग्यास्ट्रोइन्टस्टाइनल ट्र्याक्टबाट तौलिया तानिएको अस्पतालले जनाएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *