आस्थाको उदाहरणीय काम, शिक्षासँगै सेवा पनि

चैत्र १७, दमक । दमकमा रहेको आस्था कलेज अफ मेनेजमेन्ट दमक झापाले आफ्ना कलेजमा अध्ययनरत दमक बाहिरका विद्यार्थीहरुलाई राहत वितरण गरेको छ ।  

कोरोना कोभिड १९ का कारण लक डाउनको अवधी लम्बिएपछि दमक बाहिर घर भई दमकमा डेरा गरि बसेका र घर जान नपाएका विद्यार्थीहरुलाई तत्कालका लागि सो कलेजले प्रति विद्यार्थी १० किलो चामल, १ किलो दाल, १ किलो नून १ लिटर खाने तेल र सावुन लगायतका अति आवश्यकीय सामग्री उपलब्ध गराएको छ ।  

दमकमा सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो कलेजले यस विसम परिस्थितिमा विद्यार्थीहरुको मनोवल उच्च राख्दै विद्यार्थीहरुसँग निरन्तर फोन संवाद र सामाजिक सञ्जालबाट विद्यार्थीहरुलाई विभिन्न प्रकारका सल्लाह सुझाव पनि दिँदै आईरहेको कुरा कलेजका सहायक क्याम्पस प्रमुख टीका अधिकारीले बताए ।  

वैश्विक माहामारीका बेला विद्यार्थीहरुमा कुनै पनि असर नपरोस् र विद्यार्थीहरुले आफू अभिभावक विहीन भएको महसुस पनि गर्न नपरोस् भनेर कलेजले आफ्नो दायित्ववोध गरि आफ्ना विद्यार्थीहरुलाई राहत वितरण गर्ने क्याम्पस प्रमुख टेकनाथ भण्डारीले बताए ।  

कलेजमा अध्ययनरत सबै विद्यार्थीहरुसँग विभिन्न माध्यमले कलेज व्यवस्थापन पक्ष सम्पर्कमा रही विभिन्न सल्लाह सुझाव दिईरहेकोमा आफूहरु अति खुशी बनेको कलेजमा अध्ययनरत विद्यार्थी किशोर गौतमले बताए । आफूहरुले अफ्ठ्यारो परिस्थितिमा यस किसिमको राहत पाउने भएकाले विद्यार्थीहरुले खुशी व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *