प्रधानमन्त्री ओलीको कार्यकाल समाप्त हुन लाग्यो : राजनीतिक विश्लेषक डा. केसी

फागुन १३, काठमाडौं । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीय कार्यकाल करिब–करिब समाप्त भएको गम्भिर टिप्पणी गरे ।   

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले ओली र प्रचण्डबीच भएको ७ बुँदे सहमतिको स्मरण गराउँदै आलोपालो नेतृत्व गर्ने सहमति अनुसार प्रधानमन्त्री ओलीको कार्यकाल समाप्त भएको टिप्पणी गरेका  हुन् ।   

उनले भने,‘नेकपा बन्नुभन्दा पनि ओली र प्रचण्डबीच भएको ७ बुँदे सहमतिको ५ नम्बर बुँदामा नै आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । त्यसो भएका हुनाले ओलीजीले प्रधानमन्त्री चलाएको करिब करिब अढाई वर्ष पुग्न लाग्यो, अर्को कुरा उहाँको कार्यशैली र स्वास्थ्यको कुराले पनि उहाँको कार्यकाल अब समाप्त भयो भन्ने मेरो बुझाई हो ।’ 

null

केसीले प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले गरेका पछिल्लो कामले पनि प्रधानमन्त्रीको शोभा नदिएको आरोप लगाए । उनले भने,‘उहाँले निर्जन पहाडमा गएर डेढ करोडको जन्मोत्सव मनाउनुभयो । सायद उहाँले अन्तिम भोजको आयोजना गर्नुभएको होला । अब उहाँले विश्राम लिँदा नै राम्रो हुन्छ । त्यसो गर्दा उहाँको लागि मात्रै होईन, सबैको लागि राम्रो हुन्छ ।’   

उनले केपी शर्मा ओलीपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल नै अबको प्रधानमन्त्री हुने ठोकुवा गरे । उनले भने,‘सायद अहिलेको समय भनेको उपयुक्त समय हो, प्रधानमन्त्रीले विश्राम लिने । उहाँको आठराईको भोज पनि विदाई भोज हो भन्ने मलाई लागेको छ ।’ 

उनले राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउनेगरि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको विषयमा टिप्पणी गर्दै त्यसमा आपत्ति जनाए । उनले भने, जुन जगमा यो संविधान बनेको छ, त्यसले न्यायिक सर्वोच्चता, विधिको शासन, आवधिक निर्वाचनको कुरा गरेको छ । उहाँहरुले भनेजस्तो गर्न सक्नुहुन्न । त्यो गर्न उहाँहरुसँग म्याण्डेट छैन् ।’ यदि त्यसो गर्ने हो भने जनतासामु ती एजेण्डा लैजानुपर्नेमा उनको जोड छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =