यस्तो बन्यो घरेलु हिंसा सम्बन्धी तपसी पन्नुको ‘थप्पड’ को ट्रेलर

माघ २०, काठमाडौँ ।  समाजमा महिलाहरुलाई हुने घरेलु हिंसाको बारेमा समेटिएर बनाईएको तपसी पन्नुद्वारा अभिनित ‘थप्पड’को ट्रेलर सार्वजनिक गरिएको छ ।   

महिलालाई सानैदेखि सहन, कम बोल्न, माफी दिन मात्रै सिकाइन्छ । यदि कुनै महिलाले आफूमाथि भएको हिंसाको बारेमा बोल्न सुरु गरिन् भने उनलाई समाजले चरित्रहिनको धब्बा लगाइदिन्छ ।   

कोहि कसैमा यस्तो धारणाको विकास भएको छैन कि महिलाहरु पनि पुरुषजत्तिकै अधिकारको हकदार हुन्छन् । यसै सन्दर्भमा आधारित राखेर चलचित्र  ‘थप्पड’  निर्माण गरिएको छ । चलचित्रको ट्रेलरले समाजमा हुने तिनै हिंसाका घटनालाई उजागर गरेको छ ।   

Image result for तापसी पन्नू को ‘थप्पड़’

२ मिनेट भन्दा लामो उक्त ट्रेलरमा   एक थप्पडले निम्त्याउने परिघटनालाई देखाइएको छ ।  चलचित्रमा तपसीसँगै पाभिल गुलातीको मुख्य भूमिका रहेको छ ।   

अनुभव सिन्हाद्वारा  निर्देशित यस चलचित्रको प्रदर्शन मिति भने  यही फेव्रअरी २८ तारिखा तोकिएको छ ।   

https://youtu.be/jBw_Eta0HDM 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =