११ वर्षिया छोरीकाे मोबाइल आमाबाबुले हेर्दा उड्याे होसहवास

फाइल फाेटाे 

फागुन ११। चीनमा एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिइन् । त्यस बेलादेखि त्यो फोन छोरीको खेलौनाहरुको एक हिस्सा बन्यो । छोरी दिनहुँ त्यो फोन खेलाउँथिन् । आमाबाबुले छोरीले फोनमा के गर्दैछिन् भन्नेतर्फ चासो दिएका थिएनन् । ६ महिनापछि उनीहरुलाई थाहा भयो कि छोरीले फोनमा के गर्दिरहिछिन् । छोरीको कर्तुतले उनीहरुको होसहवास उडेको छ । 

घटना हुबेइ प्रान्तको जिंगझोउ सहरको हो । यहाँकी लुंग नामकी महिलाले नयाँ फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिएकी थिइन् । सुरुसुरुमा छोरीले यसमा गेम खेल्थिन् । फोन चालु अवस्थामा भएकोले एक दिन उनले आफ्नै फोनबाट बाहिरबाट नास्ता मगाइन् । यसको पैसा तिर्नको लागि उनले आमासँग बैंकको पिन कोड मागिन् । त्यसपछि भने उनलाई बैंकको पिन याद रहन्थ्यो । 

Image result for plying mobile littile girl

विस्तारै उनले पुरानो फोनमा इन्टरनेटमार्फत लाइभ स्ट्रिमिङ शो हेर्न थालिन् । यस्ता शोहरु हेर्न पैसा तिर्नुपथ्र्यो । उनले आमाबुवाको बैंक खाताको पिन नम्बर प्रयोग गरेर बैंकबाट पैसा ति’र्दै शो हेर्न थालिन् । यस्ता शो हेर्न उनले मोटो रकम फोनबाटै तिर्न थालिन् । मातापिता भने यसबाट पूरै अञ्जान थिए । यतिमात्र होइन उनले फोनमै अनलाइन भिडियो गेम पनि खेल्न थालिन् । यो सब गरेर उनले मातापिताको बैंक खाताबाट करिब ११७ लाख रुपैयाँ खर्च गरिन् । 

पुरानो फोनमा पैसा तिरेको नोटिफिकेशन आउँदैनथ्यो त्यसैले मातापिताले यति ठूलो रकम खर्च भएको थाहा पाएनन् । करिब ६ महिनापछि मातापिताले आफ्नो बैंक स्टेटमेन्ट हेर्दा बल्ल खाताबाट १७ लाख रुपैयाँ बे’पत्ता भएको थाहा भयो । त्यसपछि लुंगले प्रहरीमा रिपोर्ट लेखाउँदै एक जना कानुन व्यवसायी पनि लिएका छन् ताकि यो पैसा फि’र्ता पाउन सकियोस् । 

यससम्बन्धि विज्ञका अनुसार लुंगले यो पैसा फिर्ता पाउन सक्छिन् तर यसका लागि उनले प्रमाणित गर्नुपर्छ कि यो रकम उनकी नाबालिका छोरीले नै खर्च गरेकी हुन् । वयस्कले खर्च गरेकोमा भने यो रकम फिर्ता आउँदैन । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *