पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट प्रधानन्यायाधिशको इजलासमा


फागुन २, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटमाथि शुक्रबार सुनुवाइ हुँदैछ ।
बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय विरुद्ध दायर गरेको रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले रिटमाथि सुनुवाइ गर्न लागेको हो ।
न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउन आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
अख्तियारले मन्त्रिपरिषदको नीतिगत निर्णयमा अनुसन्धान गर्न नमिल्ने कानुनका कारण पूर्वप्रधानमन्त्रीहरुको सन्दर्भमा बोलेको छैन । न्यौपानेले भने सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय नीतिगत हुन नसक्ने दावी रिटमा गरेका छन् ।
रिट निवेदनमा ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्याउने कार्यमा संलग्न तत्कालीन मन्त्रिपरिषदका सबै सदस्यमाथि मुद्दा चलाउन माग गरिएको छ ।
