भ्यालेनटाइन्स डेमा नेहा कक्कड र आदित्य नारायण बिवाह गर्दै

माघ २२, काठमाडौँ ।  भारतका चर्चित गायिका नेहा कक्कड र कार्यक्रम होस्ट आदित्य नारायणले भ्यालेनटाइन्स डे अर्थात १४ फेब्रुअरीमा बिवाह गर्ने पक्कापक्की भएको छ ।   

निकै लामो समय देखी  बिहेको कुराले चर्चा बटुले सँगै उनीहरुको बिवाहको कुरा आखिरमा के हो भन्ने बिषयले धेरै दर्शकहरु अन्यौलमा परेका थिए । तर उनीहरुले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्कापक्की भएको हो ।   

सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी दुई रोमान्स गरिरहेको देख्न सकिन्छ । 

उक्त  भिडियोमा यी दुईले ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नाचिरहेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’ 

सोनी टिभीले इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा यी दुईले सात फेरो पनि लिने  जानकारी समेत गराएको छ ।  

 नेहा र आदित्यले पनि सामाजिक संजाल मार्फत यसबारे जानकारी गराएका छन् ।  नेहाले इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’ । 

यस्तै आदित्य नारायणले पनि इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘मेरो मुटुको एउटा टुक्रा’ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *