मृत्युदण्डको सजाय सुनाएपछि किन कलमको निभ भाँचिन्छ जानाैँ रोचक जानकारी

फागुन ७। न्यायाधीशहरूले मृत्युदण्डको सजाय सुनाइसकेपछि किन कलमको निभ भाँच्छन् ? यो बारेमा सायदैलाई मात्र थाहा होला । भारतीय न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ । न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू छन् । 

– कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृत्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरुको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृत्युदण्डको सजाय सुनाइसकेपछि त्यो कमको निभ भाँच्ने गर्दछन् । 

– कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ । मृत्युदण्ड को फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ । 

Image result for कलमको निभ भाँच्छन्

– न्यायाधीशहरूसँग  मृत्युदण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय मिडीयाहरूको तर्क रहेको छ । मृत्युदण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *