यसरी आफ्नो किचनलाई सुन्दर र सफा बनाउँनुहोस्

फागुन ५ ।  स्वस्थ खाना तयार गर्न भान्छाको सफाइ पनि महत्वपूर्ण हुन्छ । मुख्यतः खाना तयार गर्न भान्छामा प्रयोग हुने भाँडाकुडा र अन्य सरसामानको नियमित सफाइ गर्नुपर्छ । 

त्यसबाट विभिन्न रोगको सङ्क्रमणसमेत हुन सक्छ । स्वस्थ खाना तयार गर्न भान्छाको सफाइ पनि महत्वपूर्ण हुन्छ । मुख्यतः खाना तयार गर्न भान्छामा प्रयोग हुने भाँडाकुडा र अन्य सरसामानको नियमित सफाइ गर्नुपर्छ । 

खाना बनाइसकेपछि शुरूमै चूलोको सफाइ गर्नुपर्छ । किनकी, त्यसमा पोखिएको खाद्यपदार्थ सुकेमा सफा गर्न कठिन हुन्छ । त्यसपछि अन्य सजिला सामग्रीको सफाइ गर्न सकिन्छ । 

Image result for किचन

धोएका भाँडा सफा कपडाले पुछेर राख्नुपर्छ । कतिपय गृहिणीको बेलुकाको भाँडा बिहान सफा गर्ने बानी हुन्छ । तर, रात्रि खाना तयार गर्न प्रयोग गरिएका भाँडा तत्कालै सफा गर्नु राम्रो हुन्छ । यसो गर्नाले भुसुना, साङ्लालगायत फैलन पाउँदैनन् । 

खाना ढाकेर राख्नुहोस् 

कराई तथा डेक्चीलाई सधैं ढाकेर मात्र राख्नुहोस्, जसले गर्दा त्यसमा लामखुट्टे र झिँगा खस्न पाउँदैन । 

पकाइसकेको खाना बाँकी नराख्नुहोस् 

पकाइसकेको खाने परिकार धेरै बेरसम्म नराख्नुहोस् । यसलाई बारम्बार तताइराख्नाले खाना बिग्रने सम्भावना हुन्छ । साथै, खानाको वास्तविक स्वादसमेत खस्कन्छ । 

डष्टबिनको आसपास बेकिङ सोडा हाल्नुहोस् 

खराब भइसकेको खानाले गर्दा किचनको डष्टबिनबाट नराम्रो गन्ध निस्किरहेको हुन्छ । त्यसैले, डष्टबिनको आसपासमा बेकिङ सोडा छर्कनुपर्छ, जसले त्यहाँ रहेका कीटाणु नाश गर्नुका साथै गन्ध फैलनबाट पनि बचाउँछ । डष्टबिनको फोहोर धेरै समयसम्म भान्छामा राख्नु हुँदैन । यसको छुट्टै व्यवस्थापन गर्नुपर्छ । 

चक्कु 

हरेकपटक चक्कु प्रयोग गरेपछि त्यसलाई धुन नभुल्नुहोस् । रातिको खाना बनाइसकेपछि तातो साबुनपानीको घोलले चक्कु सफा गर्नुहोस् । यसो गर्नाले चक्कुमा रहेको कीटाणुसमेत नष्ट हुन्छ । 

कटिङ बोर्ड 

शाकाहारी तथा मांसाहारी दुवैले घरमा दुईओटा कटिङ बोर्ड राख्नुपर्छ । मांसाहार सामग्री काट्दा कटिङ बोर्डमा कीटाणु फैलन्छ, जसलाई भगाउन हाइड्रोजन प्याराअक्साइडको प्रयोग गर्न सकिन्छ । यसबाट कीटाणु सजिलै मर्छन् । 

खाना पकाइसकेपछि भुइँ सफा गर्नुहोस् 

भान्छामा प्रयोग हुने सामग्रीमात्र सफा भएर हुँदैन । भान्छाको भुइँ सफा गर्नु पनि उत्तिकै आवश्यक छ । फोहोर भुइँमा झिँगा भन्कने भएकाले यसको नियमित सफाइ आवश्यक छ । भान्छामा खाना बनाउने क्रममा पोखिएको पदार्थ तुरुन्त सफा गर्ने गर्नुपर्छ । खाना खाइसकेपछि त्यसको विस्तृत सफाइ गर्नुपर्छ । सफा कपडा पानी वा डिटरजेण्ट पाउडरको घोलमा भिजाएर भुइँ सफा गर्न सकिन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *