श्रीमान् विदेश हुँदा गर्भवती भएकी श्रीमती भन्छिन्, ‘सपनामा आउने गर्थे श्रीमान्’

फागुन ८ ।  श्रीमान् डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भवती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो । 

यो घटना भारतको जगदीशपुरमा घटेको छ । भाउजु गर्भवती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भवती भएको बताइन् । 

यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले । 

उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो गर्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दावी गरिन् । उनले आफ्नो सपनामा श्रीमान् दिनहुँ आउने गरेको र र उनले सपनामै आफूसँग शारिरीक सम्पर्क गरेकाले आफू गर्भवती भएको बताइन् । 

उनले भनेको जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छक्क परे । यस्तै पछि थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन सम्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ । यो घटनाले सबैलाइ चकित पारेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *