नेकपाद्वारा बिपी प्रतिष्ठानको उपकुलपति नियुक्त गर्न सिफारिस

माघ २४, काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति डा. गुरु खनाललाई बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र पठाएको छ ।   

उपकुलपतिको लागि प्रतिष्ठान बाहिरका डा. ज्ञानेन्द्र गिरी तथा प्रतिष्ठान भित्रका डा. सञ्जिव शर्मा र कार्यबाहक उपकुलपति डा. गुरु खनालको नाम सिफारिसमा परेको छ ।   

जसमध्ये नेकपा धरानले डा. गु्रु खनाललाई उपकुलपति बनाउन आग्रह गरेको हो । नेकपा धरान नगर कमिटीले बिहीबार स्वास्थ्यमन्त्री ढकाललाई पत्र लेखि यस्तो आग्रह गरेको हो ।  

पत्रमा नेकपा धरान नगर कमिटीका अध्यक्ष नारायण सुवेदी तथा सचिव सुदर्शन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *