दशककै उल्लेखनिय ओपोका ७ स्मार्टफोन्स

माघ २०, काठमाडौँ।  सन् २०१०-२०१९, दशकको अन्त्य भइसकेको छ । सो दशकमा ओपोद्वारा भित्रिएका केही उत्कृष्ट स्मार्टफोन जसले दशककै प्राविधिक विकासको प्रतिनिधित्व गर्छ यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । 

ओपो फाइन्ड -२०११ 

सन् २०११ मा ओपोले फाइन्ड (एक्स९०३) स्मार्टफोन सार्वजनिक गर्यो । उक्त फोनमा साइडस्लिप कभर, फूल किबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली (सो समयमा नौलो र स्मार्टफोन प्रविधिका लागि क्रान्तिकारी मानिएको) लगायत फिचर्स उपलब्ध गरिएको थियो । यसमा रहेका अनुकरणिय कलात्मकता र प्रयोगकर्ता मैत्री इन्टरफेस भएतापनि यो ओपोद्वारा उत्पादित अहिले सम्मकै मोटो फोन हो । तसर्थ, ओपो फाइन्डलाई अझ हल्का र पातलो बनाउनका लागि यसमाथि थप कार्य गर्नुपर्ने देखिन्थ्यो ।   

Image result for ओपो

ओपो फाइन्डर-२०१२ 

मोटो ओपो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ फोनलाई हल्का र पातलो बनाउन विशेष डेभलपमेन्ट टिमको स्थापना गरियो । नतिजा स्वरुप ओपो फाइन्डरको जन्म भयो । 

अतिरिक्त पातलो यो स्मार्टफोनको माध्यमबाट फाइन्डबाट फाइन्डर सम्म आईपुग्दा ओपोले ठूलो छलाङ मार्यो । मात्र ६.६५ एमएम मोटाइ र उत्कृष्ट कार्य क्षमता सुसज्जित ओपो फाइन्डरले सीएनएन जस्ता विभिन्न मिडिया मार्फत अन्तरराष्ट्रिय कभरेजपनि प्राप्त गर्यो । 

ओपो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा-थिननेस धेरै स्मार्टफोन ब्राण्डका लागि एक महत्वपूर्ण प्रडक्ट डिजाइन फ्याक्टरका रुपमा स्थापित समेत भयो । फलस्वरुप एकले भन्दा अर्कोले अझ पातलो फोन निर्माण गर्ने स्पर्धा अहिलेसम्म कायमै छ । 

ओपो यूलाईक २-२०१२ 

यूलाईक २ को आगमनलाई ब्यूटिफाइड सेल्फी यूगको सुरुवात मानिन्छ । ओपोका एक डिजाइनरले राखेको ओपो फोन्सको डिजाइन स्पष्ट तस्विरका लागि मात्र नभइ फोनको आकार समेत आकर्षक हुनुपर्ने अवधारणाको अनुसरण मार्फत यसो हुनु सम्भव भएको हो । 

ओपो यूलाइक२मा रहेको ब्यूटी २.० अल्गोरिथमका साथै, ५ एमपी फरवार्ड-फेसिङ क्यामेरा सहितको पहिलो ओपो उपकरण बन्यो । ब्यूटी २.० अल्गोरिथम सूचारु गरेसंगै यसले स्वचालित रुपमै ब्यूटिफिकेसन ईफेक्ट मार्फत आकर्षक सेल्फी खिच्न सघाउँछ । 

ओपो एनथ्री-२०१४ 

‘क्यामेरा मास्टर’ का रुपमा परिचित ओपो एनथ्री रोटेटिङ स्मार्टफोन क्यामेराको अवधारणामै क्रान्ति भित्राउने पहिलो फोन हो । सुरुचिपूर्ण कार्यान्वयन क्षमता सहितको विद्युतिय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको यो नै पहिलो उपकरण हो । १६ एमपी लेन्स र अत्याधुनिक ग्राफिक ईञ्जिन सुसज्जित यो फोन सन् २०१४को स्ट्रोङ्गेस्ट परफर्मिङ स्मार्टफोनका रुपमा पनि लिइन्छ । 

 फोनको छेउमा राखिएको चार्जिङ पोर्ट लगायत यसको आकार र आकर्षक डिजाइनले फोन चलाउन तथा बोक्दा आरामदायी अनुभवका साथै भिडियो प्लेब्याक तथा गेमिङ लगायत मल्टिमिडिया प्रयोगका लागि समेत सहजता प्रदान गर्छ । अझ ओपो एनथ्रीमा कम्पनीले ‘ओ(क्लिक’ (छुट्टै किचेन रिमोट) पनि उपलब्ध गरिएको थियो । यसको माध्यमबाट उपभोक्ताले क्यामेरा रोटेसनका साथै तस्विर खिच्ने कार्य समेत गर्न सक्छन् ।   

ओपो आरनाइन – २०१६ 

सन् २०१६मा ओपोले, हालसम्मपनि बजारमा निकै लोकप्रियता पाउन सफल नयाँ फ्ल्याश चार्जिङ प्रणाली सार्वजनिक गर्यो (भोक । भोक फ्ल्याश चार्जिङ सुसज्जित ओपो आरनाइनले मात्र ५ मिनेट चार्ज गरेको भरमा २ घण्टा सम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ । २० मिलियन कपिज् विक्रि हुनुका साथै, यसले समग्र मोबाइल फोन बजारको ४ प्रतिशत हिस्सा हात पार्नुका साथै चीनिया मोबाइल बजारमा सर्वाधिक विक्रि हुन सफल समेत रह्यो । सन् २०१६को नोवेम्बर १ मा यसले स्वान अवार्ड (चीनमा सर्वाधिक सम्मानित मोबाइल फोन डिजाइन तथा एप्लिकेसन ईन्नोभेसन) पनि जित्न सफल भयो । 

ओपो फाइन्ड एक्स-२०१८ 

 क्रान्तिकारी स्क्रिन डिजाइन सहितको ओपो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली सिमलेस फुल-स्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ । यसमा रहेको कभ्र्ड सर्फेस पानोरामिक स्क्रिन र हिडन फ्रण्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई उद्योगकै उच्च स्क्रिन रेसियो सहितको फोनका रुपमा स्थापित गर्यो । 

फाइन्ड एक्सको आगमन संगै यसले सर्वाधिक ईफेक्टिभ फुल स्क्रिन स्मार्टफोन निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो । फाइन्ड एक्सले कम्पनीको भिजन ‘डेयर टू ब्रेक थ्रु एण्ड डेयर टू ईन्नोभेट’, प्रतिको प्रतिबद्धतापनि प्रदर्शित गरेको छ । 

ओपो फाइन्ड एक्सले टेक यूट्यूबर एमकेबीएचडीज् स्मार्टफोन्स अफ दि ईयर २०१८ मा बेष्ट डिजाइन अवार्डपनि हात पार्न सफल भयो । 

ओपो रेनो फाइभजी-२०१९ 

सन् २०१९को सुरुवात संगै ओपोले आफ्नो नौलो सिरिज ओपो रेनो सार्वजनिक गर्यो । रेनो टेनएक्स जुम र रेनो फाइभजी (फाइभजी कनेक्टिभिटीको साथमा), टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरा (नोचलेस स्क्रिन डिजाइनका लागि सघाएको) लगायत फिचर्सपनि उपलब्ध गरिएको छ । ४८एमपी प्राइमरी लेन्स, १३एमपी टेलिफोटो लेन्स र  ८ एमपी वाइड एंगल लेन्स सहितको फूल (फोकल लेन्थ ट्राई(लेन्स रियर क्यामेरा सहितको ओपो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम प्रदान गर्यो ।  

ओपो रेनो फोटोग्राफर तथा रचनात्मक ब्यक्तिहरुका लागि गो-टू सिरिजका रुपमा स्थापित भयो । साथै, ओपो रेनो फाइभजी यूरोपमा ब्यवसायिक रुपमा विक्रि थालिएको पहिलो फाइभजी स्मार्टफोन पनि बन्यो । स्विट्जरल्याण्डमा यसको विक्रि आरम्भ स्विट्जरल्याण्ड भरका स्विसकम पसलहरु मार्फत गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =