मानिसको जस्तै अनुहार भएको बिरालो जन्मिएपछी..

फागुन १३। केही दिनयता सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल बनिरहेको छ । दाबी गरिए अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको हो । यो पनि बताइएको छ कि, यसको अनुहारको बनावट ठ्याक्कै मानिसकै जस्तो छ । त्यत्ति मात्रै कहाँ हो र १ यसलाई अहिले एक ल्याबमा राखिएको छ । 

तर, मलेसियन प्रहरीले भने त्यहाँ त्यस्तो बिरालो नजन्मिएको भनेको छ र यसलाई झुटो भनेको छ ।तर, सामाजिक सन्जालमा भाइरल भइरहेको यो तस्बिरपछि एकपटक पुनः मानिसको जस्तै अनुहार भएको जनावरको जन्ममा चर्चा सँगै सुरु भएको छ । 

सामाजिक सन्जालमा यो चर्चित बन्दै गए पनि यसको तथ्य के हो भन्ने कुराचाहिँ कतैबाट पनि पुष्टि हुन सकेको छैन । सार्वजनिक तस्बिरमा बिरालोजस्तै देखिने यो जीवको टाउको र आँखा मानिसको जस्तै देखिएको छ । साथै, कपाल र छाला पनि मानिसको जस्तै देखिएको छ । यता, मलेसियन प्रहरीले भने यो अनलाइन बेच्न राखिएको सिलिकन बेबी वेयरवुल्फ हुनसक्ने दाबी गरेको छ ।  

उक्त तस्बिरलाई पहिले इन्टरनेटबाटै डाउनलोड गरिएको र त्यसपछि भाइरल बनाइएको प्रहरीको दाबी छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *