१९ वर्षीया छोरीभन्दा ४३ वर्षकी आमा तरुनी ! (९ तस्विर)

क्यालिफोर्नियाकी ४३ वर्षीया जोलिन डियाजलाई सोसल मिडियामा ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिइएको छ । उनको तस्बिरमा लाखौंले उनलाई छोरीभन्दा पनि जवान देखिएको बताउने गरेका छन् । कतिले त आमा–छोरीलाई दिदी–बहिनी जस्तो देखिने गरेको बताउँछन् । 

प्राथमिक स्कूलकी शिक्षिका जोलिनले निकै सानो उमेरमा छोरी मिलानीलाई जन्म दिइन् । छोरी हुर्कंदै गर्दा कतिले जोलिनलाई आमा छोरी त दिदी बहिनीजस्तो देखिने भन्न थाले । उनलाई यो सुन्ने बानी नै परेको जोलिन बताउँछिन् । ४३ वर्षको उमेरमा पनि उनी निकै जवान देखिन्छिन् । यसका लागि आफूले स्किन केयरका लागि पारम्परिक शैली अपनाउने गरेको बताउँछिन् । 

‘म मेरो छालाको हेरविचार पारम्परिक तरिकाले गर्छु । म दैनिक बिहान र राती सुत्नुअघि मुख धुन्छु,’ जोलिनले एक अन्तर्वार्तामा भनिन् । ‘मैले निकै सानो उमेरदेखि नै आफ्नो छालाको हेरविचार गर्न सुरु गरेँ, लगभग १२, १३ वर्षदेखि । मेरी आमाले ‘मेरी के’ का सामग्री किन्नु हुन्थ्यो र मैले कसैले थाहा नपाउने गरी आमाका स्किन केयर प्रोडक्ट प्रयोग गर्न थालेँ ।’ 

‘सुन्दर छालाले मलाई आत्मविश्वास प्रदान गरेको छ,’ डियाजले भनिन् । 

छोरीलाई एक्लैले हुर्काएकी आमाले मिलानीले पनि १२ वर्षको उमेरदेखि नै स्किनकेयर रुटिन फलो गर्दै आएको बताएकी छिन् । 

तर छालाको हेरविचार गर्नुका साथै अन्य केही कुरा छन् जसले जोलिनलाई जवान देखाएको छ । उनी व्यायाम गर्छिन्, सन्तुलित र स्वस्थ भोजन ग्रहण गर्छिन्, पर्याप्त मात्रामा आराम गर्छिन् । यसका साथै उनी विगत र भविष्यबारे खासै चिन्ता गर्दिनन् । 

‘म निकै व्यवहारिक छु, विगत र भविष्यका लागि खासै चिन्ता गर्दिनँ,’ ४३ वर्षे आमाले भनिन्, ‘म साधारण जीवनशैली अपनाउँछु र आफूसँग जे छ त्यसमा खुसी हुन्छु ।’ एजेन्सी 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *