फोटो विगार्ने बदमास फोटोग्राफरलाई जरिवाना

एजेन्सी । वैवाहिक समारोहमा वेडिङ फोटोग्राफरबाट तपाईं कस्तो फोटोको अपेक्षा गर्नुहुन्छ रु पक्कै पनि समारोह झल्काउने, मानिसका हाउभाउ र विवाहित जोडीका रमाइला पलहरु । तर यहाँ समाचार आएको छ बदमास फोटोग्राफरको जसले झन्डै सय ओटा भड्किला तस्बिर खिचेकै कारण कानुनी उल्झनमा फस्नु परेको छ । 

बेलायतको बोलिङटनका स्टेफ र पउल अनविनको विवाहमा फोटो खिच्न आएका वेडिङ फोटोग्राफर डेबिड किलकोर्सले ९६ ओटा तस्बिरमा विवाहमा आएका महिलाका वक्षस्थल, क्लीभेज र नितम्बका क्लोजअप तस्बिर मात्रै खिचेकै कारण कानुनी उल्झनमा फसेका हुन् । 

डेबिडले बाँकी एघार ओटा तस्बिरमा मात्रै दुलही स्टेफका तस्बिर उतारेको विदेशी सञ्चारमाध्यले लेखेका छन् । अझ तस्बिरमध्ये एक तृतीयांश तस्बिर फोकस आउट छन् । तस्बिरमा उनले दुलहीका सासू र ससुरालाई समेटेका छैनन् । 

आफूहरुले यस्ता तस्बिर पाएसँगै नवविवाहिता जोडी स्टेफ र पउलले फोटोग्राफर डेबिडलाई तस्बिरको क्षतिपूर्ति गर्न लगाएका छन् । ‘तस्बिरले त मेरो टाउको नै दुखाइदिए । हामीले उनले खिचेका एक हजार छ सय छत्तीस फोटो पायौं जसमध्ये पाँच सय उन्साठी फोटो फोकस आउट थिए,’ नव दुलही स्टेफले भनिन् । स्टेफका अनुसार डेबिडले आफ्नी सहायकका वक्षस्थल र नितम्बका मात्रै फोटो पाएकी छन् । उनले भनेकी छन्, ‘एक दुईटा भए त बेहोसी भन्नु हुन्थ्यो यो त नियोजित नै हो ।’ 

आफूहरुले यस्ता भड्किला तस्बिर पाएसँगै फोटोग्राफर डेबिडलाई अदालतमा पेस गरेका थिए । उनीहरुले क्षतिस्वरूप छ सय एक स्टर्लिङ पाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *