एक लाख घूससहित प्रशासकीय अधिकृत पक्राउ

माघ १९, काठमाडौं । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घूसको रकमसहित नियन्त्रणमा लिएको हो।   

उनलाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो ।   

उनलाई आइतबार दिउँसो अख्तियारको टोलीले घूससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएको छ । 

null

यसअघि व्रशाख २ मा चन्द्रागिरी नगरपालिकाकै अर्का अधिकृत पनि पक्राउ परेका थिए।   

चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई सेवाग्राहीसँग घूस लिएको आरोपमा पक्राउ परेका थिए।   

सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराईलाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =