रञ्जु दर्शनासहित विवेकशीलका ११ जना बालुवाटारबाट पक्राउ

माघ २५, काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा अख्तियारको व्यवहार समान नभएको भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील नेपालीका रञ्जु दर्शनासहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

विवेकशीलले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गाको विषयलाई लिएर ‘भ्रष्ट्रचारीलाई रेड कार्ड’ अभियानअन्तर्गत विरोध गरेको थियो ।   

विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति निकालेर प्रहरी नियन्त्रणमा रहेकाहरूलाई छाड्न माग गरेकी छन्। उनले भनेकी छन्,‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता, सदस्यलाई प्रहरीले नियन्त्रण गरेकोमा तत्कालै रिहा गर्न माग गर्दछौं ।’ 

null

उनिहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =