गलकोटमा फोर जी सेवा सञ्चालन

फागुन ४, बागलुङ । नेपाल टेलिकमले आईतबार देखि ताराखोला गाउँपालिका–१ अमरभूमिमा नव निर्मित नमस्ते मोवाईल टावरबाट चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ ।   

सोमबारदेखि गलकोट नगरपालिका–५ टेउवा धुरीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला गोष्ठीलाई लक्षित गर्दै ग्रामीण क्षेत्रका जनतालाई सर्वसुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका वरिष्ठ ईन्जिनियर केशव शर्माले बताए ।   

फोर जी सेवा सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नमस्ते मोबाईल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधि मोबाईल डाटा मार्फत ईन्टरनेट चलाउन सक्ने छन् । 

फोर जी सेवा सुचारु भएपछि ताराखोला गाउँपालिकाको वडा नं १ अमरभूमि, वडा नं २ अर्गल, वडा नं ३ हिल र गलकोट नगरपालिका–५ टेउवाका मोवाईल प्रयोगकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने वरिष्ठ ईन्जिनियर शर्माको भनाई छ ।   

अहिले नेपाल टेलिकमले चौंथो पुस्ताको मोबाइल सेवा देशभर विस्तारको कार्य तिव्रताका साथ अगाडी बढाएको छ ।   

फोर जी सेवा सुरु भएपछि गलकोटमा फागुन ५ गते देखि २१ गतेसम्म सञ्चालन हुन गईरहेको अन्तराष्ट्रिय मुर्तिकला कार्याशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ । गलकोट नगरपालिका ५ हरिचौर टेउवामा ईतिहाँसमै पहिलो पटक अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला सञ्चालन हुँदै छ । कार्यशालामा ५ स्वदेशी सहित १० विदेशी मुर्तिकारहरुको सहभागिता हुँदै छ ।   

गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला आयोजना गरिएको हो । त्यहाँ पुग्ने पर्यटकहरुलाई ईन्टरनेटको पहुँचमा सहज तरिकाले जोडन टेलिकमले फोर जी सेवा शुभारम्भ गरेको हो । यसको विस्तार सँगै टेलिकमका उपभोक्ताले ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका भु(भागमा उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेट सहितको मोबाइल) सेवा मानिन्छ । फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो । वरिष्ठ इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ ।   

ग्राहकले फोर जी सेवा लिन आफनो मोवाईलमा *1415*5# डायल गरि विभिन्न सस्तो दरमा प्याकहरु खरिद गर्न सक्नेछन । फोर जी आफनो सिमकार्डमा सुचारु भएको या नभएको थाहा पाउन मोवाईलमा *444# डायल गर्नुपर्ने हुन्छ ।   

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल, च्याट सँगै ईन्टरनेटका विभिन्न सेवा सुविधा लिन सक्नेछन । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिने बताइएको छ ।   

फोर जी सेवाले डिजिटल नेपालको लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाई छ । ‘भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइवर पुर्याउन कठिन छ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।’ फोर जी राउटरबाट कम्युटर लगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा १८०० र ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *