एक सेकेण्डमा हुने केही राेचक कुरा

माघ २१, काठमाडौं । हामीले एक सेकेण्डको समयलाई त्यति वास्ता गर्दैनौँ । सेकेण्डलाई हामी सामान्य रुपमा लिने गर्दछौँ । तर विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ र एक सेकेण्डको महत्व के छ ? भन्नेबारे आज हामी तपाईलाई जानकारी दिनेछौँ । 

१. एक अभ्ययनाका अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट हुन्छन् । 

२. हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ । 

Image result for घडी"

३. एक सेकेण्डमा १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन् । 

४. एक सेकेण्डमा पृथ्वीमा ४ बच्चाहरुले जन्म लिन्छन् । 

५. एक सेकेण्डमा दुई सय किलो फोहोर समुन्द्रमा बगाइन्छ । 

६. संसारमा एक सेकेण्ड भित्र ९ सय २६ रुख काटिन्छन् । 

७. एक सेकेण्डमा हाम्रो शरीरका ९ सय २६ कोशिका मर्दछन् । 

८. एक सेकेण्डमा ३ जना व्यक्तिको विवाह हुन्छ । 

९. पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *