स्वास्थ्य सेवाको १२औँ तहमा तीन जनाको बढुवा
२०७६ फागुन १३ गते

काठमाडौँ । स्वास्थ्य सेवा अन्तर्गतको १२औँ तहमा तीन जनाको बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका पाँच मध्ये तीनको बढुवा गरेको हो ।
बढुवा हुनेमा डा. रोशन पोखरेल, डा. दीपेन्द्र रमण सिंह र महेन्द्र प्रसाद श्रेष्ठलाई छन् ।
१२ औँ तहमा बढुवाका लागि स्वास्थ्य सेवाका ११औँ तहमा कार्यरत ३० जनामध्ये २२ जनाले बढुवाका लागि निवेदन दिएका थिए । ती मध्ये बढुवा समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो ।

२०७६ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








