‘उपलब्धि हुँदै नभएका होइनन्, सन्तोषजनक भएन’

माघ २६,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काम सन्तोेषजनक नभएको बताएका छन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा ढिलासुस्ती भएको बताएका हुन् ।   

उनले पुँजीगत खर्च पनि ज्यादै न्युन भएको बताएका छन् । ‘उपलब्धि हुँदै नभएका होइनन्, सन्तोषजनक भएनन्, काम ढिला भयो, पुँजीगत खर्च ज्यादै न्युन भयो, हामीले जुन गतिमा जान थालेका थियौ, त्यसो हुन सकेन’ उनले भने ।   

प्रधानमन्त्री ओलीले आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएका थिए ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *