१ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पति दावि गर्दै अंश पाउँ भन्दै मुद्दा दायर

फागुन १६, काठमाडौं । प्रदेश १ का अविवाहित मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी छिन् । उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेका हुन् । उनले मुख्यमन्त्री राईले आफूसँग ७१ सालदेखि शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा समेत गरेको आरोप लगाएकी छिन् । 

खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चारमन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको उल्लेख गरेकी छिन् । राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिएका छन् । 

राई मुख्यमन्त्री भैसकेपछि आफूले विराटनगर गएर भेट्न खोजे पनि बेवास्ता गरेको उनले उल्लेख गरेकी छिन् । उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन् । 

उनले आफूलाई भएको अन्यायबारे नेकपाका शीर्ष नेताहरूलाई जानकारी दिन खोज्दा बेवास्ता गरेको समेत मुद्दामा उल्लेख गरेकी छिन् । जिल्ला अदालत काठमाडौंले मुद्दा दर्तासँगै मुद्दा पेशी समेत तोकिसकेको छ ।   

खड्काले मुख्यमन्त्री राई युवा संघको इन्चार्ज हुँदादेखि चिनजान भएको र त्यसपछि दुवैबीच प्रेम भएको जिकिर गरेकी छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको सचिवालय सदस्य रहेकी खड्काले त्यत्ति नै बेला सञ्चारमन्त्री राईले आफूलाई कार्यकक्षमै शारीरिक सम्पर्क राखेको पनि जिकिर गरेकी छन् । 

उनले विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि आयोजना गरेको भोजमा रक्सीले मात्तिएका राईले सार्वजनिक रुपमै आफूमाथि यौन हिंसा गरेको आरोपपत्रमा उल्लेख गरेकी छन् ।   

यस्तो छ, बालिकाले मुख्यमन्त्रीलाई लगाएको आरोप 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *