यस्तो छ इरफान र करिनाको ‘अंग्रेजी मिडियम’ काे ट्रेलर

फागुन २, काठमाडौँ । बलिउड अभिनेता इरफान खान र अभिनेत्री करिना कपुरद्वारा अभिनित चलचित्र ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रमा इरफान र करिनासँगै राधिका मदान र करीना कपुर खान, दीपक डोबरियाल, डिम्पल कपाडिया लगायत कलाकारको अभिनय रहेको छ । कमेडीले भरिपूर्ण यस चलचित्रमा ‘अंग्रेजी मिडियम’मा छोरीलाई लण्डनमा पढाउन एक बाबुले गरेको संघर्षलाई देखाउन खोजिएको छ ।
२ मिनेट ५५ सेकेण्डको यस चलचित्रको टे«लरलाई दर्शकले निकै रुचाएको छ । बिहिबार सार्वजनिक भएको यस चलचित्रको ट्रेलरले दुई दिन पुुरा हुन नपाउँदै झण्डै २ करोड भ्यूज बटुल्न सफल भएको छ ।

चलचित्रको प्रदर्शन मिति भने २० मार्च २०२० तोकिएको छ । बिगत २ वर्षदेखि ट्यूमरबाट ग्रसित अभिनेता इरफानले ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक हुनुभन्दा अगाडि फ्यानलाई एक इमोसनल म्यासेज जारी गरेका थिए ।
https://youtu.be/rzlfeocUVhI








