नेकपा अध्यक्ष प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता

माघ २३, काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । बिहीबार विहान अध्यक्ष दाहाल निवास खुमलटारमा शिष्टाचार भेटवार्ता भएको हो । 

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय रहेको बताएका थिए ।   

भेटका अवसरमा अध्यक्ष प्रचण्डले आर्थिक नेपालको समृद्धिको अभियानमा बेलायतको सहयोग अपरिहार्य रहेको पनि बताएका थिए । 

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गरेको स्मरण गर्दै नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने बताएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *