दुर्घटना अपडेटः मैनालीलगायत पाँचै जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

फागुन १५, काठमाडौँ । महोत्तरीको बर्दिबासमा दुर्घटनामा परि गम्भिर घाइते भएका नेकपा महासचिव सीपी मैनालीलगायत पाँचै जनालाई  हेलिकप्टर मार्फत काठमाडौँ ल्याईएको छ ।   

बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा सामान्य उपचारपछि मैनालीलगायत पाँचै जनलाई थप उपचारको लागि काठमाडौँ ल्याईएको हो ।   

जिल्ला प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता डीएसपी माधव बुढाथोकीका अनुसार यस दुर्घटनामा उनीसँगै उनका छोरा सरोज, बुहारी पूजा, पाँच वर्षीय नाति र चालक रामप्रसाद पौडेल दुर्घटनामा परेका थिए ।   

हाल उनीहरुको उपचार काठमाडौँको ग्राण्डी अस्पतालमा भईरहेको प्रहरीले जानकारी दिएका छन् ।   

बिहीबार बर्दिबासस्थित रातुको पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिँदा दिँदा उक्त दुर्घटना हुन पुगेको थियो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =