गणतन्त्रकानिम्ति सहकार्य गरेका प्रचण्ड र विश्वप्रकाशबीचको जुहारीमा थापा हौसिनु अशोभनिय : डा. भट्टराई

फागुन २, काठमाडौं । समाजवादी पार्टी संयाेजक डा. बाबुराम भट्टराईले गणतन्त्रका लागि सहकार्य गरेका दलहरुबीचको जुहारीले राजतन्त्रवादी हौसिनु शोभनीय नभएको बताएका छन्। 

संयाेजक भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा बताएका हुन् । बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र त्यसमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रतिक्रिया र राप्रपाका अध्यक्ष कमल थापाले उठाएको प्रश्नलाई लिएर संयाेजक भट्टराइले यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘गणतन्त्रकोनिम्ति सहकार्य गरेका@cmprachanda र @bishwaprakash77को जुहारीले राजतन्त्रवादी@KTnepal लाई मात्र हौस्याएको देखिनु शोभनीय भएन ! १२बुँदे समझदारीका मुख्य सूत्रधार हामी जिउँदै छँदाछँदै कसैले दिउँसै रात पार्ने कोशिश नगरून्!कसैको निगाहले हैन जनताको रगतले गणतन्त्र ल्याएको नभुलौं !’     

बिहीबार २५ औँ जनयुद्ध दिवसका अवसरमा नेकपा अध्यक्ष प्रचण्डले १२ बुँदे सहमतिमा हस्ताक्षरपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाउन र ठूला आक्रमण गर्न आग्रह गर्ने गरेको बताएका थिए। 

प्रचण्डको भनाइ लगत्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति नै निकालेर आपत्ति जनाएका थिए। उनले शान्ति प्रक्रियाको संयोजन गर्ने आफ्नो स्वर्गीय नेता कोइरालाप्रतिप्रति प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएको प्रतिक्रिया दिएका थिए। प्रवक्ता शर्माले गिरिजा जीवित छँदा नबोलेर उनको निधनपछि तथ्यलाई तोडमोड गर्ने हिसाबले प्रचण्डको अभिव्यक्ति आएको बताएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *