बेहुलीले सारीकाे बिषयमा विवाद गर्दा बेहुला फरार भएपछी…

माघ २६, काठमाडाैँ । बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद उत्पन्न भएपछि कर्नाटकका एक व्यक्ति विवाहको एक दिन अघि भागेका छन् ।  बेहुलाका अभिभावक अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । घटना बुधबारको हो । 

कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमार अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेका हुन्। ‘हामीले रघुकुमारविरुद्ध जालसाजींको मुद्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन् ,’ हसननगरका एसपी श्रीनिवास गोदले भने ।   

प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् ।  रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए ।   

Image result for सारी

तथापि, रघुकुमारका अभिभावकले संगिथालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए ।   

विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा जनाइएको छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *