श्रीमतीको गुप्ताङ्गमा श्रीमानले सुपरग्लु लगाइदिएपछि…

सांकेतिक तस्विर 

फागुन ९ । अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् । 

पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरी अस्पतालमा भर्ना गरेका थिए । उनको हालत गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 

Image result for महिला हिंसा

डेली स्टारको रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसैलाई आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए । 

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ । 

उद्धारकर्ताहरुका अनुसार श्रीमान् आफ्नी पत्नीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएपछि फरार भएका थिए । यद्यपी उनी अहिले पक्राउ परिसकेका छन् । उनले प्रहरी समक्ष आफ्नो गल्ती पनि स्वीकारिसकेका छन् । प्रहरीले मुसोमाथि घरेलु हिंसाको आरोप लगाएको छ । 

उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनीमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुले बताएका छन्  । 

स्थानीय मिडियाका अनुसार मुसोले आफ्नी पत्नी दोषी भएको प्रमाण दिएका छन् । उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *