हातले टेकेर स्टन्ट गर्ने हुँदा २० वर्षे युवकको मृत्यु

फागुन ८ ।  पर्यटकीय स्थलमा साथीहरुसँग मोजमस्ती गर्ने चक्करमा मानिसहरु यति लापरवाह हुन्छन् नि उनीहरुले आफ्नो ज्यानसमेत जोखिममा पार्ने गर्छन् । २० वर्षका एक युवकले यस्तै लापरवाहीका कारण ज्यान गुमाएका छन् । रिपोर्टका अनुसार यी युवकको करिब सय फिट गहिरो खाल्डोमा खसेर मृत्यु भएको हो । 

ब्रेडली स्टीटर केही दिन अघि आफ्ना साथीहरुसँग अष्ट्रेलियास्थित लाइमस्टोन कोस्ट नामको पहाडी इलाकामा साथीहरुसँग घुम्न गएका थिए । साथीहरुलाई स्टन्ट देखाउने चक्करमा उनले आफ्नो इहलीला नै समाप्त गरे । 

ब्रेडली लाइमस्टोन कोस्टको रेलिङमा दुई हात टेकेर खुट्टा माथि पारेर उभिएका थिए । त्यति नै बेला उनको शरीरको नियन्त्रण गुम्यो र सय फिट गहिरो खाल्डोमा खस्न पुगे । 

घटनास्थलमा रहेका इन्स्पेक्टर क्याम्पबेल हिलले एबीसी न्यूजसँगको कुराकानीमा ती युवकको खाल्डोमा खसेका कारण मृत्यु भएको पुष्टि गरे । उनको शवलाई आइतबार राती निकालिएको पनि जानकारी दिए । 

स्मरण रहोस्, दक्षिण अष्ट्रेलियाको लाइमस्टोन कोस्ट पर्यटकबीच निकै चर्चित क्षेत्र हो । ब्रेडलीको मृत्यु एउटा दुर्घटना मात्रै हो । अहिलेसम्म भएको अनुसन्धानमा कुनै प्रकारको षड्यन्त्र नदेखिएको पनि प्रहरीले जनाएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *